साधारण-असाधारण
किरण महर्जन ११ वर्षदेखि खानेपानी पाइपको साँचो खोल्ने काम गरिरहेका छन्।
उनले साँचो खोलेपछि नै कुन टोलमा कहिले पानी आउँछ भन्ने निर्धारण हुन्छ। उनी जुन टोलको साँचो घुमाउँछन्, त्यहीँ पानी जान थाल्छ। पानी तान्ने मेसिनको घ्याइँघुइँ सुनिन्छ।
एकचोटि भैंसेपाटीमा बिहान साढे ४ बजे पानी खोल्नुपर्ने थियो। उठ्न ढिलो भएकाले उनी समयमा पुग्न सकेनन्। हतार हतार जाँदा ५ बजिसकेको थियो। त्यति बेलासम्म स्थानीयहरू एकजुट भइसकेका थिए र निकै आक्रोशित थिए।
त्यही आक्रोशमा एक वृद्धाले झ्याप्प उनको कठालो समातिन् र झांगलझुंगल पारिन्।
अरू केहीले पनि ती वृद्धालाई साथ दिए।
भिड बढ्दै गयो।
सबै मिलेर उनीमाथि हातपात गर्न तम्तयार भए।
अनि के भयो?
किरणले आक्रोशित स्थानीयबाट कसरी मुक्ति पाए?
चापागाउँ दोबाटो, ग्वार्को र कनिबहाल गरी ललितपुरका तीन मुख्य खानेपानी पाइपलाइनको साँचो खोल्ने जिम्मेवारी सम्हालेका किरणलाई केही दिनअघि हामीले पछ्याएका थियौं। उनले कसरी पानीको साँचो खोल्छन् र कुन साँचो खोल्दा कहाँ कहाँ पानी आउँछ भनेर हामीले हेरेका थियौं, जसको वर्णन हामीले यो स्टोरीमा गरेका छौं।
किरणले यो स्टोरीमा खानेपानी आपूर्तिसँग जोडिएको एउटा महत्त्वपूर्ण पक्षबारे विस्तारमा जानकारी गराएका छन्।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)