नेपालबाट धेरै निर्यात हुनेमा दुइटा उत्पादन प्रमुख छन् —
एउटा, फलाम (आइरन) र स्टिलजन्य सामग्री।
अर्को, तयारी सिमेन्ट र क्लिंकर (अर्धतयारी सिमेन्ट)।
२०८० साउनदेखि फागुनसम्म साढे ११ अर्ब रूपैयाँभन्दा बढीका फलाम र स्टिलजन्य सामग्री भारत निर्यात भएको देखिन्छ। चार वर्षअघि यो जम्मा दुई अर्ब रूपैयाँ हाराहारी थियो।
त्यस्तै, २०८० साउनदेखि फागुनसम्म झन्डै साढे दुई अर्ब रूपैयाँको सिमेन्ट-क्लिंकर निर्यात भयो। पहिले अत्यधिक आयात हुँदै आएको यो वस्तु नेपालले २०७९ साउनमा पहिलोपटक निर्यात गरेको थियो।
उद्योगीहरू यी दुई वस्तुको निर्यात सम्भावना अझै धेरै भएको बताउँछन्। अहिले जति निर्यात भइरहेको छ, त्यो उत्पादन क्षमताका तुलनामा नगन्य भएको उनीहरूको भनाइ छ।
अब प्रश्न उठ्छ — कम समयमै यी वस्तुको निर्यात ह्वात्तै बढ्नुको कारण के? यो वृद्धि आगोको झिल्को मात्र हो कि दीर्घकालीन रूपमै निर्यात गरिरहन सम्भव छ?
यो स्टोरीमा हामीले यिनै प्रश्नमाथि चर्चा गरेका छौं।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)