वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीको क्लिनिकमा एक जना पुरूष जचाउन आएका थिए।
रेग्मीले उनको रक्तचाप नापे। १६०/१०० पुगेको रहेछ।
उनले तुरून्तै औषधि खान सल्लाह दिए।
जबाफमा बिरामीले भने, 'डाक्टरसाब अहिले मलाई केही लक्षण देखिएको छैन। छाती पनि दुखेको छैन। चक्कर पनि लागेको छैन। मलाई केही पनि भएको छैन। बरू म मुख बार्छु, कसरत गर्छु, यसो गर्दा औषधि नखाए हुन्न?'
'हुन्न,' रेग्मीले भने, 'तपाईंको प्रेसर १६०/१०० पुगेको छ। त्यसैले मुख बारेर, कसरत गरेर मात्र पुग्दैन। बरू औषधि खानुस्, मुख पनि बार्नुस् र कसरत पनि गर्नुस्।'
ती बिरामीले मुख बिगार्दै 'हुन्छ' भने। औषधि भने लगेनन्।
तीन महिनापछि उनलाई स्ट्रोक भयो।
डा. रेग्मी रक्तचापलाई सबभन्दा बढी हेलचेक्र्याइँ गरिने रोग मान्छन्।
'हामीकहाँ धेरै मान्छे सुगर र कोलेस्ट्रोल भयो भने डराउँछन्, तर ब्लड प्रेसर अलि अलि बढेको छ भने खासै ध्यान दिँदैनन्। यसलाई रूघाखोकीजस्तै मामुली ठान्छन्,' उनले भने, 'यसको खासै लक्षण नहुने भएकाले पनि रक्तचाप बढेको थाहा हुँदैन। यही अज्ञानता र लापरबाही नै कहिलेकाहीँ मृत्युको कारण बन्छ।'
त्यसो भए उच्च रक्तचापका बिरामीले सामान्य रूपमा गर्ने गल्ती के के हुन् त? ती गल्तीबाट उनीहरूले के कस्ता दु:ख पाइरहेका छन्?
डा. रेग्मीले आफ्नो ३५ वर्षको अनुभवका आधारमा उच्च रक्तचापका बिरामीले मुख्य गरी सातवटा गल्ती गर्ने बताए।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)