नेपाली राजनीतिमा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफूभन्दा ठूला दुई दललाई जसरी प्रयोग गर्दै, फाल्दै गरेका छन्, त्यसले एउटा प्रश्न जन्माएको छ — कतै उनले आफ्नो र माओवादीको दीर्घकालीन स्वार्थमा घात त गरिरहेका छैनन्? प्रचण्डले दुई ठूला दललाई प्रयोग गर्ने र फाल्ने जुन क्षमता प्रदर्शन गरिरहेका छन्, त्यसको 'म्याद' अझै बाँकी छ कि यो अन्तिम किस्तामा चालु छ?
यो लेखमा म मूलतः तीन विषयमा चर्चा गर्नेछु।
पहिलो, प्रचण्डले अहिलेसम्म कांग्रेस र एमालेलाई कतिपटक धोका दिएका छन्? पटक पटक धोका खाएर पनि कांग्रेस-एमाले किन आफ्नो पालो आउनेबित्तिकै प्रचण्डसँग सहकार्यको हात बढाउन तम्तयार हुन्छन्?
दोस्रो, अघिल्लोपटक एमालेसँगको गठबन्धन दुई महिनामै छाडेर कांग्रेससँग आएका प्रचण्ड किन यसपालि १४ महिनापछि फेरि एमालेसँगै गए? के के कुराले उनलाई प्रेरित गर्यो? डेढ वर्षमा प्रचण्डले जसरी कांग्रेस र एमालेको काँध फेरेका छन्, त्यसमा प्रचण्डको दोष कति छ, कांग्रेस-एमालेको कति छ?
तेस्रो, २०५२ फागुनमा युद्ध सुरू गरेदेखि अहिलेसम्म प्रचण्डले नेपाली राजनीतिलाई तरंगित र प्रभावित पारिरहेका छन्। यसबीच नेपाली समाजमा भएका कतिपय दुरगामी परिवर्तनको जस उनलाई जान्छ। कतिपय विकृतिका प्रवर्तक पनि उनै हुन्। नेपाली राजनीतिमा प्रचण्डको सशक्त हस्तक्षेप सुरू भएको २०८२ फागुनमा ३० वर्ष पूरा हुन्छ। मलाई लाग्छ, आउने दुई वर्षभित्र नेपाली राजनीतिको एक प्रमुख खेलाडीका रूपमा प्रचण्डको अवसान पनि हुनेछ। नेपाली राजनीतिका एक शीर्ष खेलाडीका रूपमा उनको म्याद सकिनेछ।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)