निरञ्जन श्रेष्ठ 'रिलक्टेन्ट व्यवसायी' हुन्।
उनको सपना डाक्टर बन्ने थियो। परिवारको करमा उनी व्यवसायी बने।
लक्ष्मी ग्रुपका चार जना कार्यकारी निर्देशकमध्ये एक हुन् निरञ्जन। पुस्तैनी व्यवसायलाई आधुनिक कर्पोरेट ग्रुपमा ढाल्नमा उनको मुख्य भूमिका छ।
लक्ष्मी ग्रुपसँग आज सफल कन्फेक्सनरी उद्योग र नेपालकै ठूलो डेरी उद्योग छ। ह्युन्डाइ गाडीको आधिकारिक बिक्रेता लक्ष्मी ग्रुपले हालै स्टिल उद्योग सुरू गरेको छ। ग्रुपमा तीन हजारले रोजगारी पाएका छन्।
सुजलका उत्पादन अहिले भारत, बेल्जियम, जापान, इटाली, मेक्सिको, अमेरिका, क्यानडा लगायत नौ देशमा निर्यात हुन्छ।
डाक्टर बन्ने सपना देखेर हुर्केका निरञ्जन कसरी यति महत्त्वाकांक्षी र सफल व्यवसायी बने? उनमा व्यावसायिक कुशल कहाँबाट आयो? उनले कर्पोरेट ज्ञान र संस्कृति कहाँबाट सिके?
श्रेष्ठ परिवारले पोखराबाट थालेको सानो व्यवसाय उकास्न निरञ्जनले आफ्नो तर्फबाट के के प्रयास गरे?
निरञ्जनको यही व्यावसायिक यात्रा, अनुभव र सफलताको कथा हो यो।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)