ग्यालेक्सी टिभीको सेयर लेनदेन र विभिन्न सहकारीको रकम हिनामिना प्रकरणमा अहिले दुइटा नाम चर्चित छन् — रवि लामिछाने र जिबी राई।
रवि को हुन्, हामीलाई थाहा छ। उनले पत्रकार सम्मेलन र सामाजिक सञ्जालमार्फत् आफ्ना कुरा राखिरहेका पनि छन्।
जिबी भने फरार छन्। उनका बारेमा धेरैलाई धेरै कुरा थाहा छैन।
जिबीको अतीत के हो? उनी कसरी यहाँसम्म आइपुगे? सहकारीको पैसा खेलाउने र रवि लामिछानेजस्तो 'हिट एंकर' लाई साझेदार बनाएर राष्ट्रिय टिभी चलाउने हैसियतसम्म पुग्दा जिबीको निजी र व्यावसायिक जीवनमा बेइमानीको लामो शृंखला छ। यस्तो पृष्ठभूमि भएका जिबीसँग रवि लामिछानेको साझेदारी कसरी जोडियो?
यो उनै जिबी राईको कथा हो।
आफ्नो गाउँमा जन्मे हुर्केर सहर पसे पनि १० वर्षसम्म जिबीको कुनै प्रगति गाउँलेले देखेका थिएनन्। उल्टै श्रीमतीलाई धोका दिएर कान्छी ल्याएको भनेर उनी बदनाम थिए।
एक दिन गाउँमा हेलिकप्टर आयो। हेलिकप्टर हेर्न झुम्मिएका गाउँलेहरूलाई चकित पार्दै जिबी निस्किए।
त्यो दिन उनी जेठी श्रीमतीसँग सम्बन्ध विच्छेदका लागि जोरजबरजस्ती गर्न गाउँ पुगेका थिए।
पढ्नुहोस् जिबी राईको जिन्दगानीको विस्तृत कथा।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री निःशुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)