पश्चिम नेपालमा गइरहेको भुइँचालोको सम्बन्ध सन् १५०५ को महाभूकम्पसँग जोडिएको छ। हामीले यो स्टोरीमा हिन्दुस्तानका पहिलो मुगल बादशाह बाबर र विभिन्न तिब्बती गुम्बाका लामागुरूको संस्मरणबाट उक्त महाभूकम्पको कथा भनेका छौं। मुगल बादशाह बाबरको संस्मरणअनुसार त्यति बेला एकैदिन ३३ चोटि धर्ती हल्लिएको थियो। कहीँ जमिनको सतह माथि उठेर हात्ती बराबर ढिस्को बनेको र कहीँ मान्छे नै लुक्न मिल्ने गरी जमिन धस्सिएको उनले लेखेका छन्। त्यस्तै, मुस्ताङका भिक्षु सोनाम ल्हुनरूबको संस्मरणमा 'जंगलका रूखहरू ढलेर सखाप भएको, असंख्य मान्छेको प्राण गएको र सिंगो राज्य नै उजाड भएको' विवरण उल्लेख छ। त्यति नै ठूलो भुइँचालो फेरि गए पश्चिम नेपालले कत्रो क्षति भोग्नुपर्ला? पढ्नुहोस् विस्तृतमा —