काठमाडौंको सिनामंगलमा रहेको पुरानो घर थिएटरमा नाटक 'चे इज ब्याक' मञ्चन भइरहेको छ।द्वन्द्वकालमा आमा-बाबु मारिएको, काठमाडौंमा डेरा गरी बस्दै आइरहेको एक पत्रकारको संघर्षको कथा हो- 'चे इज ब्याक।'रक्तपातबिनै क्रान्तिको सम्भावना देखेका पत्रकारको संघर्षरत जीवनको आरोह-अवरोह यो नाटकमा हेर्न पाइन्छ। देश बनाउँछु भन्ने नेताहरू नातावाद र कृपावादमा लागेपछि त्यसविरूद्ध आवाजबाटै क्रान्ति सम्भव छ भन्ने नाटकमा देखाइएको छ। 'चे इज ब्याक' नाटक सुलक्षण भारतीले लेखेका हुन्।