काठमाडौंको मेयर जितेका स्वतन्त्र उम्मेदवार बालेन साहको विजय र्याली खुलामञ्च पुगेको छ।
मतगणनास्थल राष्ट्रिय सभागृहबाट सुरू भएको र्याली काठमाडौं परिक्रमा गरेर खुलामञ्च पुगेको हो।
खुलामञ्चमा र्यालीसहित धन्यवाद सभा गरिँदै छ।
राष्ट्रिय सभा गृहबाट आज बिहान सुरू भएको र्याली भद्रकाली-त्रिपुरेश्वर-माइतीघर-बबरमहल-बिजुलीबजार-युएनपार्क कोरिडोर- शान्तिनगर-तीनकुने-कोटेश्वर-जडिबुटी-पेप्सीकोला क्षेत्रमा पुगेको थियो।
यस्तै,र्याली सिनामंगल-एयरपोर्ट-तिलगंगा-गौशाला-चाबहिल-महाराजगञ्ज-सामाखुसी-नयाँ बसपार्क-बालाजु-स्वयम्भू-सीतापाइला-कलंकी-बल्खु-कुलेश्वर-कालिमाटी-टेकु-सुन्धारा पुगेको थियो।







