काठमाडौं महानगरपालिकामा एमालेबाट निर्वाचित उपमेयर सुनिता डंगोलको विजय जुलुस निकालिएको छ।
निर्वाचन आयोगले शुक्रबार विजयीको आधिकारिक घोषणा गरेसँगै विजय जुलुस निकालिएको हो।
विजय जुलुसले काठमाडौं परिक्रममा गर्नेछ।
विजयी घोषणा भएपछि डंगोल राष्ट्रिय सभा पुगेकी थिइन्। त्यहाँ उनलाई एमालेका समर्थकहरूले अबिर, खादा, माला लगाइदिएका थिए।
घोषणापछि उपमेयर डंगोलले यो जित नयाँ आशाको किरण भएको बताएकी छन्।
‘राजनीति भनेको फोहोरी खेल हो भन्ने जमात बढिरहँदा अझ विशेषगरी युवाहरूका लागि राजनीति भनेको पाइला टेक्ने ठाउँ होइन भन्दा यो जितले केही न केही आशाको किरण थपिएको छ,’ उनले भनिन्।
उनले गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठलाई हराउँदै उपमेयर जितेकी हुन्। डंगोलले ६८ हजार ६१२ मत पाएकी छन् भने गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत पाएका छन्।
यसअघि मेयर बालेन शाहको विजय जुलुस निकालिएको छ।





















