काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहका समर्थकहरूले राष्ट्रिय सभागृहबाट विजय जुलुस निकाल्ने तयारी गरेका छन्।
जित निश्चित भएपछि उनका समर्थक त्यहाँ पुगेका हुन्। उनीहरूले विभिन्न नारा लगाइरहेका छन्।
बालेनले ६१ हजार तीन सय ९० मतसहित अग्रता कायमै राखेका छन्।
अहिले वडा नम्बर १४ को मतगणना जारी छ।
अहिलेसम्म नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८१८७ मत ल्याएकी छन् भने नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३७९४४ मतसहित पछ्याइरहेका छन्।
मतगणना कार्य अन्तिम चरणमा पुगेको छ। आज साँझ मतगणना सकेर अन्तिम परिणाम औपचारिक रूपमा घोषणा गर्ने तयारी छ।










