निर्वाचन पोस्टमर्टम शृंखला- ३
तीन प्रमुख दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रले स्थानीय सरकारमा निर्वाचित कुल जनप्रतिनिधिमध्ये ८८ प्रतिशत जितेका छन्।
यसपालि २१ देखि ९४ वर्षसम्मका प्रतिनिधि निर्वाचित भएका छन्। निर्वाचित जनप्रतिनिधिमध्ये ९ प्रतिशत २१ देखि ३० वर्ष उमेर समूहका छन्। ४० वर्षमुनिकै जनप्रतिनिधि ४१ प्रतिशत छन्।
तीन प्रमुख दलमध्ये कुन दलका जनप्रतिनिधि तन्नेरी पुस्ताका धेरै होलान्? संख्यात्मक हिसाबले नेपाली कांग्रेसका सबैभन्दा धेरै तन्नेरी जनप्रतिनिधि निर्वाचित भएका छन्। स्थानीय निकायमा सबैभन्दा धेरै ४४ प्रतिशत जनप्रतिनिधि कांग्रेसबाट चुनिएकाले स्वभाविक रूपमा कांग्रेसकै धेरै जनप्रतिनिधि युवा उमेर समूहका हुने भए।
ग्राफमा हेर्नुहोस्
हरेक पार्टीबाट चुनिएका जनप्रतिनिधिको उमेर समूह केलाउने हो भने तुलनात्मक रूपमा माओवादी केन्द्रभित्र युवा जनप्रतिनिधिको अनुपात धेरै छ।
माओवादी केन्द्रमा ४० वर्षमुनिका जनप्रतिनिधि ४९ प्रतिशत छन्। जबकी राष्ट्रिय रूपमा यसपालि ४० वर्षमुनिका जनप्रतिनिधि ४१ प्रतिशत मात्र छन्। तल ग्राफमा हेर्नुस् माओवादी केन्द्रमा विभिन्न उमेर समूहका जनप्रतिनिधिको ग्राफ।
तीन प्रमुख दलमध्ये तुलनात्मक रूपमा दोस्रो धेरै तन्नेरीहरूको उपस्थिति भएको दल नेपाली कांग्रेस हो। कांग्रेसमा ४० वर्षमुनिका जनप्रतिनिधि ४१ प्रतिशत छन्। कांग्रेसमा कुन उमेर समूहका जनप्रतिनिधि कति प्रतिशत छन्।
हेर्नुस् तल ग्राफमा:
युवाहरूलाई निर्वाचित गर्ने मामलामा माओवादी केन्द्र र कांग्रेसभन्दा केही पछि परेको छ, प्रमुख प्रतिपक्षी दल एमाले।
एमालेका ४० प्रतिशत जनप्रतिनिधि मात्र ४० वर्षमुनिका छन्। यो राष्ट्रिय औसतभन्दा एक प्रतिशत कम हो।
अरू दलहरूमा निर्वाचित जनप्रतिनिधि कुन उमेर समूहका छन् हेर्नुस् तल ग्राफमा: