स्थानीय तह निर्वाचन २०७९को लागि जारी गरिएको निर्वाचन आचारसंहिता लागु नहुने भएको छ।
मंगलबार प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै जेठ १० गते अर्थात मंगलबारदेखि आचारसंहिता लागु नहुने जानकारी दिए।
स्थानीय तह निर्वाचनको लागि आयोगले चैत २५ गतेदेखि आचारसंहिता लागु गरेको थियो।
वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको नतिजाहरू आउनेक्रम जारी छ। अधिकांस पालिकाको नतिजाहरू आइसकेका छन्। कतिपयका भने आउनेक्रममा छन्।
त्यसबीच आयोगले सो निर्णय गरेको हो।