स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम आउने क्रम जारी छ।
मंगलबार दिउँसो साढे ४ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार ३ महानगर, १० उपमहानगरसहित ७३९ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।
३ महानगरपालिका, १ उपमहानगरपालिकासहित १४ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ। २ वटा पालिकाको मतगणना अझै सुरू भएको छैन।
सार्वजनिक विवरणअनुसार नेपाली कांग्रेसले पालिका प्रमुखदेखि सदस्यसम्म सबैभन्दा बढी पालिकामा जित हात पारेको छ।
दोस्रोमा नेकपा एमाले छ भने तेस्रोमा नेकपा माओवादी केन्द्र छ।
अब आउन बाँकी रहेको पालिकामा प्रदेश १ बाट उदयपुरका दुई वटा पालिका, मधेश प्रदेशबाट रौतहटका ३, बाराबाट १ पालिकाको अन्तिम नतिजा आउन बाँकी छ।
यस्तै बागमती प्रदेशबाट काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाको अन्तिम परिणाम आउन बाँकी छ।
यस्तै गण्डकीबाट पोखरा महानगरपालिका बाँकी हुँदा लुम्बिनीबाट दाङको तुलसीपुर उपमहानगरपालिका, रूपन्देहीको तिलोत्तमा नगरपालिका र कपिलबस्तुको महाराजगन्ज नगरपालिकामा अन्तिम परिणाम आउन बाँकी छ।
यस्तै सुदूर पश्चिम प्रदेशबाट बाजुराको बुढीगंगाको अन्तिम परिणाम आउन बाँकी छ।
बाँकी रहेका १४ मध्ये उदयपुरको त्रियुगा र बाजुराको बुढीगंगा नगरपालिकामा विवादका कारण मतगणना सुरू हुन सकेको छैन। बाँकी १२ वटा पालिकामा भइरहेको छ। गणना अनुसार नेपाली कांग्रेसले ५, नेकपा एमालेले ३ पालिकामा अग्रता लिइरहेका छन्।
जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, लोसपा र स्वतन्त्रले एक-एक पालिकामा अग्रता लिएका छन्।
यी हुन अब नतिजा आउन बाँकी रहेका पालिकाहरू
- नेकपा एमाले-३
- नेपाली कांग्रेस-५
- जसपा- १
- एकीकृत समाजवादी-१
- लोसपा- १
- स्वतन्त्र-१
- गणना हुन बाँकी -२
जिल्ला
|
पालिका
|
कैफियत
|
उदयपुर
|
कटारी नगरपालिका
|
नेपाली कांग्रेसको अग्रता
|
उदयपुर
|
त्रियुगा नगरपालिका
|
गणना हुन बाँकी
|
रौतहट
|
गढीमाई नगरपालिका
|
जसपाको अग्रता
|
रौतहट
|
गरूडा नगरपालिका
|
नेकपा एमालेको अग्रता
|
रौतहट
|
फतुवा विजयपुर नगरपालिका
|
माओवादी केन्द्रको अग्रता
|
बारा
|
पचरौता नगरपालिका
|
लोसपाको अग्रता
|
काठमाडौं
|
काठमाडौं महानगरपालिका
|
स्वतन्त्र उम्मेदवारको अग्रता
|
ललितपुर
|
ललितपुर महानगरपालिका
|
नेपाली कांग्रेसको अग्रता
|
कास्की
|
पोखरा महानगरपालिका
|
एकीकृत समाजवादीको अग्रता
|
रुपन्देही
|
तिलोत्तमा नगरपालिका
|
नेपाली कांग्रेसको अग्रता
|
कपिलवस्तु
|
महाराजगञ्ज नगरपालिका
|
नेपाली कांग्रेसको अग्रता
|
दाङ
|
तुलसीपुर उपमहानगरपालिका
|
नेकपा एमालेको अग्रता
|
बाजुरा
|
बुढीगंगा नगरपालिका
|
गणना हुन बाँकी
|