दाङको तुलसीपुर उपमहानगरपालिकामा ५९ हजार ५ सय ६३ मत गन्दा नेकपा एमालेका मेयर पदका उम्मेदवार टीकाराम खड्का र उपमेयरकी उम्मेदवार स्यानी चौधरीको अग्रता कायमै छ।
मेयरमा खड्काले २४ हजार ८ सय ९१ र उपमेयरमा चौधरीले २४ हजार ५ सय ७२ मत प्राप्त गरेकी छिन्।
यहाँ मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले २३ हजार २ सय ६ मत प्राप्त गरेका छन्। मेयरमा एमालेका खड्का र गिरी बीचको मतान्तर १६८५ रहेको छ।
त्यस्तै उपमेयरमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका जोगबहादुर राना मगरले १७ हजार ३३३ मत प्राप्त गरेका छन्।
उपमेयरमा एमालेकी चौधरीले अहिलेसम्म समाजवादीका राना भन्दा ७ हजार २ सय ३९ मत बढी प्राप्त गरेकी छिन्।
अहिले तुलसीपुर – १२, १५ र १६ नम्बर वडाको मत गणना जारी छ।
तुलसीपुरमा ७४ हजार ३ सय ३७ मत खसेको थियो। अहिलेसम्म एमालेले ७, काँग्रेसले ४ र माओवादी केन्द्रले २ वडाहरू जितेका छन्।