स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम आउने क्रम जारी छ। मंगलबार बिहान ६ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार १ महानगर, १० उपमहानगरसहित ७३४ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।
५ महानगरपालिकासहित १८ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ। २ वटा पालिकाको मतगणना अझै सुरू भएको छैन।
सार्वजनिक विवरणअनुसार नेपाली कांग्रेसले पालिका प्रमुखदेखि सदस्यसम्म सबैभन्दा बढी पालिकामा जित हात पारेको छ।
दोस्रोमा नेकपा एमाले छ भने तेस्रोमा नेकपा माओवादी केन्द्र छ।
अब आउन बाँकी रहेको पालिकामा प्रदेश १ बाट उदयपुरका दुई वटा पालिका, मधेश प्रदेशबाट रौतहटका ४, सिराहा, बारा र पर्साबाट १-१ पालिकाको अन्तिम नतिजा आउन बाँकी छ।
यस्तै बागमती प्रदेशबाट काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र भरतपुर महानगरपालिका बाँकी छन्।
यस्तै गण्डकीबाट पोखरा महानगरपालिका बाँकी हुँदा लुम्बिनीबाट रूपन्देहीको तिलोत्तमा नगरपालिकाको अन्तिम मत परिणाम आउन बाँकी छ।
यस्तै कपिलबस्तुबाट महाराजगन्ज नगरपालिका र दाङबाट तुलसीपुर उपमहानगरपालिकामा अन्तिम परिणाम आउन बाँकी छ।
यस्तै सुदूर पश्चिम प्रदेशबाट बाजुराको बुढीगंगाको अन्तिम परिणाम आउन बाँकी छ।
बाँकी रहेका १८ मध्ये उदयपुरको त्रियुगा र बाजुराको बुढी गंगा नगरपालिकामा विवादका कारण मतगणना सुरू हुन सकेको छैन।
बाँकी १६ वटा पालिकामा भइरहेको गणना अनुसार नेपाली कांग्रेस र नेकपा एमालेले समान ४-४ पालिकामा अग्रता लिइरहेका छन्। जनता समाजवादी पार्टीले ३ पालिकामा अग्रता लिँदा माओवादी केन्द्रले २ वटा पालिकामा अग्रता लिएको छ।
एकीकृत समाजवादी, लोसपा र स्वतन्त्रले एक-एक पालिकामा अग्रता लिएका छन्।
हेर्नुहोस् कहाँको नतिजा आउन बाँकी छ, कसको अग्रता
जिल्ला
|
पालिका
|
कैफियत
|
झापा
|
मेची नगर नगरपालिका
|
नेकपा एमालेको अग्रता
|
उदयपुर
|
कटारी नगरपालिका
|
नेपाली कांग्रेसको अग्रता
|
उदयपुर
|
त्रियुगा नगरपालिका
|
गणना हुन बाँकी
|
सिराहा
|
गोलबजार नगरपालिका
|
नेकपा एमालेको अग्रता
|
रौतहट
|
गढीमाई नगरपालिका
|
जसपाको अग्रता
|
रौतहट
|
गरूडा नगरपालिका
|
नेकपा एमालेको अग्रता
|
रौतहट
|
फतुवा विजयपुर नगरपालिका
|
माओवादी केन्द्रको अग्रता
|
रौतहट
|
बैधीमाई नगरपालिका
|
जसपाको अग्रता
|
बारा
|
पचरौता नगरपालिका
|
लोसपाको अग्रता
|
पर्सा
|
वीरगन्ज महानगरपालिका
|
जसपाको अग्रता
|
काठमाडौं
|
काठमाडौं महानगरपालिका
|
स्वतन्त्र उम्मेदवारको अग्रता
|
ललितपुर
|
ललितपुर महानगरपालिका
|
नेपाली कांग्रेसको अग्रता
|
चितवन
|
भरतपुर महानगरपालिका
|
माओवादी केन्द्रको अग्रता
|
कास्की
|
पोखरा महानगरपालिका
|
एकीकृत समाजवादीको अग्रता
|
रुपन्देही
|
तिलोत्तमा नगरपालिका
|
नेपाली कांग्रेसको अग्रता
|
कपिलवस्तु
|
महाराजगञ्ज नगरपालिका
|
नेपाली कांग्रेसको अग्रता
|
दाङ
|
तुलसीपुर उपमहानगरपालिका
|
नेकपा एमालेको अग्रता
|
बाजुरा
|
बुढीगंगा नगरपालिका
|
गणना हुन बाँकी
|