जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा कांग्रेसका बागी उम्मेदवार मनोज साह निर्वाचित भएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शिवशंकर साह 'हिरा'लाई पराजित गर्दै उनी निर्वाचित भएका हुन्।
मेयरमा निर्वाचित मनोज साहले १३ हजार ४६५ मत ल्याएका छन्।
कांग्रेसबाट विद्रोह गरी उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी 'हिरा'ले ९५३२ मत ल्याए।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार मनोज चौधरीले ५३६० मत ल्याएका छन्।
सत्तारूढ गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) का लालकिशोर साहले ५१९४ मत ल्याएर चौथो भएका छन्।
त्यसैगरी स्वतन्त्र उम्मेदवार बलराम महतोले ४२९० र जानकीराम साहले २०७२ मत ल्याएका छन्।
उपमेयरमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार किशोरी साह विजयी भएका छन्।
उनले १५५२५ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी रुणा झाले १०८८५ मत ल्याइन्।
निवर्तमान उपमेयर रिता मिश्रले ५८१७ मत ल्याएकी छन्।