दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेका मेयर उम्मेदवार टिकाराम खड्काले अग्रता कायमै राखेका छन्।
उनलाई कांग्रेसबाट मेयरमा उम्मेदवारी दिएका गेहेन्द्र गिरीले पछ्याइरहेका छन्।
खड्काले २११५९ मत ल्याएका छन् भने गिरीले १९२८२ मत ल्याएका छन्। उनीहरूबीच १८७७ मतको अन्तर छ।
यस्तै, उपमेयरमा एमालेकी स्यानी चौधरीको अग्रता कायमै छ।
स्यानी चौधरीले २०६१३ मत ल्याएकी छन् भने एकीकृत समाजवादीबाट जोगबहादुर राणाले १४२९७ मत ल्याएका छन्।
उनीहरूबीच ६३१६ मत अन्तर छ।