भरतपुर महानगरपालिकाको ११०४५४ मत गनेर सकियो। अब १७३८५ मत गन्न बाँकी छ।
महानगरको मेयरमा गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहालले ४४३०५ मत ल्याएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले ३४१७९ मत ल्याएका छन्। सुवेदीले भन्दा दाहालले १०१२६ बढी भोट ल्याएकी छन्।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३५१५ मत ल्याएका छन्।
अहिलेसम्म महानगरका २४ वटा वडाको मत गनेर सकिएको छ। अब ५ वटा वडाको मात्रै गन्न बाँकी छ। अहिले वडा नम्बर २५ र २६ को गणना चलिरहेको छ।
उपमेयरमा गठबन्धनको चित्रसेन अधिकारीले जित्ने लगभग पक्का छ।
उनले निकटतम प्रतिद्वन्द्वी रहेकी राप्रपाकी हिमला गुरुङले भन्दा १८४२२ भोट बढी ल्याएका छन्। उपमेयरमा अधिकारीको जित पक्का भएको छ।
भरतपुरमा अहिलेसम्म कांग्रेसले १४, एमालेले ५, एकीकृत समाजवादीले ३ र माओवादी केन्द्रले २ वडाध्यक्ष जितेका छन्।
अब गणना सुरू हुन बाँकी ३ वटा वडामा १०३२४ भोट खसेको छ।