स्थानीय तह निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ। पछिल्लो मतपरिणाम अनुसार परिणाम ७ सय २७ वटा पालिकाको सार्वजनिक भएको छ।
जसअनुसार नेपाली कांग्रेसले सबैभन्दा बढी जित हासिल गरेको छ। यसैगरी नेकपा एमाले दोस्रोमा छ। नेकपा माओवादी केन्द्र तेस्रोमा छ।
कांग्रेसले हालसम्म १३२ मेयर र १८८ अध्यक्षसहित ३२० वटा पालिकाको प्रमुख पद जितेको छ। यस्तै १०४ पालिकामा उपमेयर र १८९ पालिका उपाध्यक्षसहित कुल २ सय ९३ वटा पालिकाको उपमेयर तथा उपाध्यक्ष पद जितेको छ।
यस्तै नेकपा एमालेले हालसम्म १ सय ९८ वटा पालिकाको प्रमुख जितेको छ भने २ सय २६ वटा पालिकाको उप–प्रमुख पदमा जितको छ ।
त्यस्तै नेकपा माओवादी केन्द्र १ सय २० वटा पालिकाको प्रमुखमा विजयी भएको छ भने १ सय २८ वटा पालिकाको उपप्रमुख पद जितेको छ।
जनता समाजवादी पार्टीले २९ वटा पालिकाको प्रमुख र ३० वटा पालिकाको उपप्रमुख पद जितेको छ। नेकपा एकीकृत समाजवादीले १७ वटा पालिकाको प्रमुख र २१ वटा पालिकामा उपप्रमुख पद जितेको छ।
त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीले १४ वटा पालिकाको प्रमुख र १० वटा पालिकाको उपप्रमुख पद जितेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले चार वटा पालिकामा प्रमुख र चारवटै पालिकामा उपप्रमुख पद जितेको छ ।
राष्ट्रिय जनमोर्चाले चार वटा पालिकाको प्रमुख र दुई वटा पालिकाको उपप्रमुख पद जितेको छ। यस्तै रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले चार वटा पालिकाको प्रमुख र तीन वटा पालिकाको उपप्रमुख जितेको छ।
यस्तै, सिके राउत नेतृत्वको जनमत पार्टीले दुई वटा पालिकाको प्रमुख र एउटा पालिकाको उपप्रमुख पद जितेको छ।
नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरपालिकाको मेयर र उपमेयर जितेको छ। यस्तै विवेकशील साझा पार्टीले एउटा पालिकामा प्रमुख र उपप्रमुख पद जितेको छ। जनप्रगतिशील पार्टीले एउटा पालिकाको प्रमुख र एउटा पालिकाको उपप्रमुख पद हात पारेको छ।
१२ जना स्वतन्त्र उम्मेदवारले २ उपमहानगरसहित पालिकाको प्रमुख जित्न सफल भएका छन्। त्यस्तै ५ जना स्वतन्त्र उम्मेदवारले पालिकाको उपप्रमुख पद जितेका छन्।
अब २४ पालिकाको नतिजा आउन बाँकी छ। जसमा नेकपा एमालेले ६ वटा पालिकामा अग्रता लिएको छ भने नेपाली कांग्रेसले ५, जसपाले ३, लोसपा, माओवादी केन्द्र, एकीकृत समाजवादी र स्वतन्त्रका २-२ जनाले अग्रता लिएका छन्। २ वटा पालिकामा अझै गणना हुन सकेको छैन।
जिल्ला | पालिका | कैफियत |
---|
झापा | मेची नगर नगरपालिका | नेकपा एमालेको अग्रता |
उदयपुर | कटारी नगरपालिका | नेकपा एमालेको अग्रता |
उदयपुर | त्रियुगा नगरपालिका | गणना हुन बाँकी |
सिराहा | गोलबजार नगरपालिका | नेकपा एमालेको अग्रता |
धनुषा | जनकपुरधाम उपमहानगरपालिका | स्वतन्त्र उम्मेदवारको अग्रता |
रौतहट | गढीमाई नगरपालिका | जसपाको अग्रता |
रौतहट | गरूडा नगरपालिका | नेकपा एमालेको अग्रता |
रौतहट | देवाही गोनारी नगरपालिका | नेकपा एमालेको अग्रता |
रौतहट | फतुवा विजयपुर नगरपालिका | माओवादी केन्द्रको अग्रता |
रौतहट | बैधीमाई नगरपालिका | जसपाको अग्रता |
रौतहट | वृन्दावन नगरपालिका | एकीकृत समाजवादीको अग्रता |
बारा | पचरौता नगरपालिका | लोसपाको अग्रता |
पर्सा | वीरगन्ज महानगरपालिका | जसपाको अग्रता |
काठमाडौं | काठमाडौं महानगरपालिका | स्वतन्त्र उम्मेदवारको अग्रता |
ललितपुर | ललितपुर महानगरपालिका | नेपाली कांग्रेसको अग्रता |
चितवन | भरतपुर महानगरपालिका | माओवादी केन्द्रको अग्रता |
कास्की | पोखरा महानगरपालिका | एकीकृत समाजवादीको अग्रता |
रुपन्देही | तिलोत्तमा नगरपालिका | नेपाली कांग्रेसको अग्रता |
रुपन्देही | लुम्बिनी सांस्कृतिक | नेपाली कांग्रेसको अग्रता |
रुपन्देही | कोटहीमाई गाउँपालिका | लोसपाको अग्रता |
कपिलवस्तु | महाराजगञ्ज नगरपालिका | नेपाली कांग्रेसको अग्रता |
दाङ | तुलसीपुर उपमहानगरपालिका | नेकपा एमालेको अग्रता |
बाजुरा | बुढीगंगा नगरपालिका | गणना हुन बाँकी |
अछाम | साँफेबगर नगरपालिका | नेपाली कांग्रेसको अग्रता |