काठमाडौं महानगरपालिकाको उपमेयरमा एमालेकी सुनिता डंगोलको अग्रता कायमै छ। पछिल्लो परिणामअनुसार डंगोलले ४४ हजार ७ सय ५ मत प्राप्त गरेकी छन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १५ हजार ६ सय ७० मत पाएका छन् । सुनिता श्रेष्ठभन्दा २९ हजार ३५ मतले अगाडि छिन् ।
यस्तै उपमेयरमा राप्रपाका विनिता मगैयाले ७ हजार ९ सय ३३ मत पाएकी छन्।
मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ। उनले ४३ हजार ७ सय ५७ मत पाउँदा नेपाली कांग्रेसकी सिर्जना सिंहले २५६८० मत पाएकी छन्। नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २४५८८ मत पाएका छन्।
यस्तै स्वतन्त्र उम्मेदवार सुमन सायमीले ६ हजार ५१ मत पाएका छन्। विवेकशील साझाकी समिक्षा बास्कोटाले ४९१ मत पाएकी छन्।
काठमाडौंमा हालसम्म १ लाख २४ हजार ५४४ मत गणना भइसकेको छ। यहाँ १ लाख ९० हजार ९८४ मत खसेको थियो ।