नेपाली कांग्रेसले कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयर र उपमेयर जितेको छ।
कांग्रेस उम्मेदवार तोयप्रसाद शर्मा मेयर निर्वाचित भएका हुन्। उनले दश हजार छ मत ल्याएका छन्।
यहाँ नेकपा एमालेका उम्मेदवार पदमबहादुर पुजारा पराजित भए। उनले ४६७४ मत ल्याएका छन्।
यस्तै नेकपा एकीकृत समाजवादीका उम्मेदवार जीवनराज थापाले ३७३४ मत ल्याएका छन्।
यहाँ उपमेयर पनि कांग्रेसले जितेको छ।
कांग्रेसकी भुलियाकुमारी राना उपमेयर भइन्। उनले ७३४५ मत ल्याएकी छन्। यहाँ उपमेयरमा माओवादी केन्द्रका धोखे राना पराजित भए। उनले ५४९२ मत ल्याएका थिए।
पुनर्वासमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको थियो।