कञ्चनपुरको भीमदत्त नगरपालिकाको मेयर र उपमेयर नेपाली कांग्रेसले जितेको छ।
कांग्रेसका उम्मेदवार पदम बोगटीले १५ हजार आठ सय ८२ मत ल्याएर मेयर जितेका हुन्।
यहाँ नेकपा एमालेका उम्मेदवार महेशप्रसाद पन्त पराजित भए। उनले आठ हजार एक सय ७९ मत ल्याएका छन्।
यहाँ नेकपा माओवादी-नेकपा एकीकृत समाजवादीले गठबन्धन गरेका थिए। गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका राजेन्द्र पाण्डेयले जम्मा तीन हजार चार सय ५२ मत ल्याएका थिए।
उपमेयरमा कांग्रेसकै निलम जोशी निर्वाचित भएकी छन्।
१२ हजार दुई सय १६ मत ल्याएर उनी निर्वाचित भइन्।
यहाँ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गठबन्धनका उपमेयर उम्मेदवार कृष्णदत्त जोशीले १० हजार पाँच सय ९६ मत ल्याएका छन्।