दाङको तुलसीपुर उपमहानगरपालिकामा ४७ हजार ७ सय ४४ मत गणना हुँदा नेकपा एमालेका मेयर पदका उम्मेदवार टीकाराम खड्का १८१३ मतान्तरले अगाडि छन्।
खड्काले २० हजार ३१९ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिष्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले १८ हजार ५०६ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपमेयरमा एमालेकी श्यानी चौधरीले मतान्तर झनै फराकिलो पारेकी छन्। चौधरीले १९ हजार ७ सय ८० मत प्राप्त गरेकी छन्। चौधरी निकटतम प्रतिष्पर्धीभन्दा ६०४५ मतले अगाडि छिन् ।
उपमेयरमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका जोगबहादुर राना मगरले १३ हजार ७३५ मत प्राप्त गरेका छन्।
त्यस्तै तुलसीपुर वडा नं. १० र १३ मा नेकपा एमाले विजयी भएको छ । यी दुई वडा यसअघि कांग्रेसले जितेको थियो।