चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले मतान्तर फराकिलो पार्दै लगेकी छन्।
अहिलेसम्म एक लाख ८ हजार ४५ मत गणना हुँदा दाहालले ४३ हजार चार सय ८४ मत ल्याएकी छन्।
यहाँ नेकपा एमाले-राप्रपा गठबन्धनका उम्मेदवार एमालेका विजय सुवेदी पछि परेका छन्। सुवेदीले अहिलेसम्म ३३ हजार छ सय १२ मत ल्याएका छन्।
रेनु र विजयबीच नौ हजार आठ सय ७२ मतको फरक छ।
मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार तीन सय ३० मत ल्याएका छन्।
उपमेयरमा सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी अगाडि छन्। उनले ४४ हजार आठ सय २८ मत ल्याउँदा एमाले-राप्रपा गठबन्धनबाट राप्रपा उम्मेदवार हिमला गुरुङले २६ हजार छ सय १५ मत ल्याएकी छन्।