मोरङको सुन्दर हरैचा नगरपालिका प्रमुख र उपप्रमुख दुबैमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।
मेयरमा एमाले उम्मेदवार केदारप्रसाद गुरागाईंले कांग्रेसका शिवप्रसाद ढकाललाई ७ सय २७ मतले हराउँदै विजयी भए।
ढकाल निवर्तमान मेयरसमेत हुन्। गुरागाईंले २१ हजार ४ सय ५ मत ल्याउँदा ढकालले २० हजार ६ सय ७८ मत ल्याएर पराजित भए।
त्यसैगरी उपमेयरमा एमालेकै अकली चौधरी विजयी भइन्। उनले २२ हजार ४ सय ५२ मत ल्याउँदा माओवादी केन्द्रका नवराज चापागाईंले ११ हजार ३ सय मत ल्याए।
यहाँ कांग्रेस र माओवादी केन्द्रले मेयर र उपमेयरमा गठबन्धन गरेको थियो। योसँगै मोरङका सबै १७ पालिकाको अन्तिम परिणाम सकिएको छ।
जसमा ९ वटा पालिकामा एमालेले जित्यो भने ८ वटामा कांग्रेसले जित्यो।