झापाकाे शिवसताक्षी नगरपालिकामा नेकपा एमाले विजयी भएकाे छ।
आइतबार राति सार्वजनिक मतपरिणाम अनुसार शिवसताक्षीकाे प्रमुख र उपप्रमुख दुवै पद एमालेले जितेकाे हाे। एमालेका मेगाहांग थोप्राले १६ हजार ४ सय ९८ मत ल्याएर नगर प्रमुखमा विजयी भए।
उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार पर्शुराम ढुंगानाले १३ हजार ५० मत पाए। राप्रपाका मणि प्रसाद खड्काले १ हजार ७ सय ३० मत ल्याए।
उपप्रमुखमा एमालेकी नरमाया कार्की १४ हजार १ सय ५५ मत ल्याएर विजयी भइन्। उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार महेन्द्र भट्टराईले ९ हजार ५ सय २५ मत पाए।
एकीकृत समाजवादीका नवीन ईजमले ३ हजार ५ सय १० र राप्रपाकी विष्णु कुमारी चम्लागाईले २ हजार ५८ मत ल्याए।
११ वडा रहेको शिवसताक्षीमा एमाले र कांग्रेसले समान ५-५ तथा माओवादीले १ वटा वडा जितेको छ।