चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायमै राखेकी छन्।
९५ हजार तीन सय ११ मत गणना गर्दा दाहालले ३७ हजार चार सय ६८ मत ल्याएकी छन्।
यहाँ नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २९ हजार तीन सय १४ मत ल्याएका छन्।
दाहाल र सुवेदीबीच ८ हजार एक सय ५४ मतको अन्तर छ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार तीन सय ५९ मत ल्याएका छन्।
उपमेयरमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारी ३९ हजार छ सय ३९ मतसहित अघि छन् भने एमाले-राप्रपा गठबन्धनकी उम्मेदवार हिमला गुरुङ २३ हजार दुई सय १२ मतले पछ्याइरहेकी छन्।