पोखरा महानगरपालिकामा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राखेका छन्।
अहिलेसम्म एक लाख चार हजार दुई सय १२ मत गणना गरिएको छ।
मेयर उम्मेदवार आचार्य अहिलेसम्म तीन हजार तीन सय ९५ मतले अघि छन्।
आचार्यले ४१ हजार ७०५ मत प्राप्त गर्दा उनका निकटतम प्रत्याशी नेकपा एमालेका कृष्णबहादुर थापाले ३८ हजार ३१० मत ल्याएका छन्।
यसैगरी महानगरको उपमेयरमा भने एमालेका उम्मेदवार मञ्जुदेवी गुरुङको अग्रता छ। गुरुङले ४३ हजार ६१६ मत प्राप्त गरी अग्रता बनाउँदा उनका निकटतम प्रत्याशी गठबन्धनका उम्मेदवार कांग्रेसका कोपिला रानाभाटको ४१ हजार ९२० मत रहेको छ।
उपमेयरमा एक हजार ६९६ मतान्तर छ।
वैशाख ३० गतेको निर्वाचनमा पोखरामा एक लाख ४३ हजार २२६ मत खसेको थियो।
महानगरका ३३ वडामध्येमा अहिले वडा नम्बर १०, ११, १६, १७, १८, १९, ३९, ३० र ३१ को मतगणना भइरहेको छ।
गणना बाँकी रहेका वडामा २१, २२, ३२ र ३३ वडा रहेका छन्। हालसम्म २० वटा वडाको परिणाम सार्वजनिक भइसकेको छ।