नेकपा एमालेले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको मेयर जितेको छ।
एमाले उम्मेदवार रणबहादुर महरा मेयर निर्वाचित भएका हुन्। उनले ६७७३ मत प्राप्त गरेका छन्।
यहाँ कांग्रेसका चिन्तामणि भट्ट पराजित भए। उनले ६२६४ मत प्राप्त गरेका छन्।
उपमेयर भने नेपाली कांग्रेसले जितेको छ। कांग्रेस उम्मेदवार कल्पनाकुमारी जोशीले उपमेयर जितेकी हुन्।
उनले ६५१९ मत ल्याइन् भने नेकपा एकीकृत समाजवादीका माधवप्रसाद पन्तले ५३६० मत ल्याएर पराजित भए।