धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको मेयरमा नेकपा एमालेका सुखदेव यादव विजयी भएका छन्।
निवर्तमान मेयर नेपाली कांग्रेसका योगेन्द्र पजियारलाई ६१३ मतान्तरले पराजित गर्दै यादव मेयरमा निर्वाचित भएका हुन्।
उनले ७ हजार ९१३ मत ल्याएका छन् भने पजियारले ७ हजार ३ सय मत प्राप्त गरेका छन्।
पराजित भएका पजियार कांग्रेस धनुषा जिल्ला सभापति हुन्। नगरपालिकाको उपमेयरमा भने कांग्रेसले जितेको छ।
एमालेकी सालीनी चौधरीलाई पराजित गर्दै कांग्रेसकी रचना श्रेष्ठ विजयी भएकी छन्। श्रेष्ठले ७ हजार ५५० मत पाउँदा चौधरीले ७ हजार ५११ मत प्राप्त गरेकी छन्।