बाँकेको कोहलपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार पूर्णप्रसाद आचार्यको जित सुनिश्चित भएको छ।
१५ वडा रहेको कोहलपुर नगरमा अहिले वडा नम्बर ८ मत गणना अन्तिम चरणमा छ। प्राप्त परिणामअनुसार आचार्य करिब १४०० मतले अगाडि छन्।
तर वडा नम्बर ८ मा अब जम्मा ५०० जति मात्रै मत गणना हुन बाँकी रहेको छ।
कोहलपुरमा ९ वडाध्यक्ष कांग्रेसले, एमालेले ४ र माओवादीले २ वडा मात्रै जितेको छ।
त्यस्तै उपमेयरमा पनि कांग्रेसकै संगीता सुवेदी प्रतिस्पर्धीभन्दा झन्डै ४०० मतान्तरले अगाडि छिन्। यहाँ कुल ५६ हजार मतदाता मध्ये ४२ हजार मत खसेको थियो।
कोहलपुरमा कांग्रेसका बिद्यार्थी राजनीतिबाट उदाएका आचार्यले सुरुदेखि नै अग्रता लिएका थिए। यहाँ मेयरमा एमालेका खिलप्रसाद भुसाल दोस्रो र माओवादी केन्द्रका नरेन्द्र न्यौपानेले तेस्रो स्थानमा छन्।
उपमेयरमा एमालेकी अस्मिता थारु दोस्रो र नेकपा एकीकृत समाजवादीकी नारायणी वली तेस्रो स्थानमा छिन्। कोहलपुरमा माओवादी र समाजवादीको चुनावी तालमेल भएको थियो। अहिले मतगणना जारी छ।