काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले ३८ हजार बढी मत पाएकी छन्।
आइतबार बिहानसम्ममा एक लाख ६ हजार ५१६ मत गन्दा उनले ३८ हजार ३५१ मत पाएकी हुन्।
उनका प्रतिस्पर्धी सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठले १३ हजार ४३१ मत पाए।
सुनिता रामेश्वरभन्दा २४ हजार ९२० मतले अगाडि छिन्। उनले सुरूवात देखि नै अग्रता लिएकी थिइन्।