चितवनको भरतपुर महानगरपालिकामा हालसम्म ९० हजार ३ सय ८ मत गणना भएको छ।
पछिल्लो गणना अनुसार सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दहालले ३५ हजार ४६० मत पाएर अग्रता लिइरहेकी छन्।
उनले एमाले-राप्रपा गठबन्धनका उम्मेदवारलाई ७५६५ मतले पछि पारेकी छन्।
एमालेका उम्मेदवार विजय सुवेदीले २७ हजार ८ सय ९५ मत पाए। यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ८ सय ९७ मत पाएका छन्।
यस्तै उपमेयरमा पनि सत्ता गठबन्धनका उम्मेदवारले फराकिलो अग्रता बनाएका छन्। गठबन्धनबाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका चित्रशेन अधिकारीले ३७६२४ मत पाएका छन्। उनले राप्रपाकी हिमला गुरूङलाई १५ हजार ५ सय ६८ मतले पछि पारेका छन्। गुरूङले २२०५६ मत पाएकी छन्।
अब चितवनमा करिब ३७ हजार मत गणना गर्न बाँकी छ।