तनहुँको व्यास नगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसका उम्मेदवार वैकुण्ठ न्यौपानेले अग्रता लिएका छन्।
न्यौपानेले २४ हजार तीन सय ८७ गणना गर्दा ९ हजार ८ सय २२ मत ल्याएका छन्।
उनलाई स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले पछ्याइरहेका छन्। जोशीले नौ हजार ६ सय ६ मत ल्याएका छन्।
अब पाँच हजारभन्दा बढी मत गणना गर्न बाँकी छ।
नेकपा एमालेले पनि मेयरमा स्वतन्त्र उम्मेदवार जोशीलाई समर्थन गरेको थियो।