सुनसरीको इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेल विजयी भएका छन्।
गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका पौडेलले निकटम प्रतिस्पर्धी नेकपा एमालेका याम कुमार सुब्बालाई ५ हजार १८ मतान्तरले पराजित गरेका हुन्। निर्वाचन आयोगका अनुसार पौडेलले ३३ हजार ४९ मत ल्याएर विजयी हुँदा सुब्बाले २८ हजार ३१ मत मात्र ल्याए।
यस्तै उपमेयरमा नेकपा एमालेकी संगीता कुमारी चौधरी निर्वाचित भएकी छन्।
चौधरीले ३२ हजार ४ सय ३६ मत ल्याएर विजयी भइन् । चौधरीले सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका केशव कुमार विष्टलाई १४ हजार ४ सय ५ मतको फराकिलो अन्तरले पराजित गरिन्। विष्टले १८ हजार ३१ मत मात्र ल्याए।