प्रदेश १ मा हालसम्म १०७ स्थानीय तहको नतिजा आइसकेको छ। अब नतिजा आउन बाँकी ३० वटा तह छन्।
बाँकी ३० स्थानीय तहमध्ये कांग्रेस १४ स्थानीय तहमा अगाडि छ। एमाले १२ स्थानीय तहमा अगाडि छ। एकीकृत समाजवादी १ र स्वतन्त्र उम्मेदवार एक तहमा अगाडि छन्।
सुनसरीको धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ गठबन्धन र एमालेभन्दा अगाडि छन्।
झापाको मेचीनगर नगरपालिका, अर्जुनधारा नगरपालिका, शिवसताक्षी नगरपालिका, गौरादह नगरपालिका र विर्तामोड नगरपालिकामा एमाले उम्मेदवारले अग्रता कायम राखेका छन्।
मोरङको बेलबारी नगरपालिका, पथरी शनिश्चरे नगरपालिका, रंगेली नगरपालिका, उर्लाबारी नगरपालिकामा पनि एमाले उम्मेदवारहरूले नै अग्रता लिइरहेका छन्।
सुनसरीको दुहबी नगरपालिका र बर्जु गाउँपालिका र इलामको फाकफोकथुम गाउँपालिकामा पनि एमालेकै अग्रता छ।
यसैगरी नेपाली कांग्रेसले मोरङको विराटनगर महानगरसहित रतुवामाई नगरपालिका, सुन्दरहरैंचा नगरपालिका, ग्रामथान गाउँपालिकामा अग्रता लिएको छ।
सुनसरीको इटहरी उपमहानगर, इनरुवा नगरपालिका, बराहक्षेत्र नगरपालिका, कोशी गाउँपालिका र हरिनगर गाउँपालिकामा कांग्रेसको अग्रता छ।
झापाको कमल गाउँपालिका, गौरीगन्ज, झापा र बुद्धशान्ति गाउँपालिकामा अग्रता कांग्रेस उम्मेदारकै छ। उदयपुरको कटारी नगरपालिकामा पनि कांग्रेस उम्मेदवारको अग्रता छ।
इलामको सूर्योदय नगरपालिकामा एकीकृत समाजवादीका उम्मेदवारको अग्रता छ।
राप्रपा उम्मेदवार अहिलेसम्म झापाको दमकमा अग्रता कायम गर्न सफल छन्।
उदयपुरको त्रियुगामा मतगणना अझै सुरू हुन सकेको छैन।