रूपन्देहीको सैनामैना नगरपालिकामा गठबन्धनबाट नगर प्रमुखका उम्मेदवार बनेका नेपाली कांग्रेसका फणिन्द्र शर्माले अग्रता कायम राखेका छन्।
पछिल्लो मत परिणाम अनुसार शर्माले १३ हजार ५६ प्राप्त गरेका छन् नेकपा एमालेका चित्रबहादुर कार्कीले १२ हजार ४२ मत प्राप्त गरेका छन्। कार्की यसअघि पनि नगर प्रमुख रहेका थिए।
त्यस्तै, उपप्रमुखमा भने एमालेकी बिना राना मगरले अग्रता लिएकी छन्। यसअघि समेत उपप्रमुख रहेकी रानाले १२ हजार ६०१ मत प्राप्त गर्दा गठबन्धनबाट उपप्रमुखमा उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका नारायण महतले ११ हजार ५५१ मत प्राप्त गरेका छन्।