पर्साको पटेर्वा सुगौली गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै कांग्रेसले जितेको छ।
नेकपा एमालेका उम्मेदवारलाई १२ सय मतले हराउँदै अध्यक्षमा कांग्रेसका दिनेशकुमार चौधरी विजयी भएका छन्। उनले ५१४४ मत ल्याए भने एमालेका हरिनरायण चौधरीले ३९४४ मत प्राप्त गरे।
नेपाल सुशासन पार्टीका लालबाबु महरले ७२३ मत ल्याइ तेस्रो भए।
जनता समाजवादी पार्टीका मेयर उम्मेदवार दिपकप्रसाद यादवले भने ४६९ मत मात्र ल्याए। उनको जमानत समेत जफत भएको छ।
निर्वाचन अघिसम्म उनी मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतका स्वकीय सचिव थिए।
पदबाट राजीनामा दिएर उनी स्थानीय निर्वाचनमा मेयरमा उम्मेदवारी दिएका थिए।
उपाध्यक्षमा कांग्रेसकी ममता महतोले ४४४४ मत ल्याएर विजयी भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी मन्तुरा देवीले ४०१३ मत ल्याइन्।