नेकपा एकीकृत समाजवादीले चुनावी समीक्षाका लागि केन्द्रमा प्रतिवेदन उपलब्ध गराउन प्रदेश र जिल्ला कमिटीहरूलाई निर्देशन दिएको छ।
एकीकृत समाजवादीले प्रदेश र जिल्लाबाट प्रतिवेदन आएपछि गहिरोसँग चुनावी समीक्षा गर्ने तयारी गरेको छ।
मंगलबार बसेको सचिवालय बैठकमा पनि चुनावी समीक्षा भएको थियो। इलाम १ मा झलनाथ खनाल र उदयपुर २ मा जगन्नाथ खतिवडा पराजित भएकोबारे समीक्षा भएको थियो।
सचिवालय बैठकले मंसिर ४ मा चुनाव गराउन सहयोग गर्नेलाई धन्यबादसमेत दिएको छ। अहिलेकै गठबन्धनले नयाँ सरकार बनाउने पनि एकीकृत समाजवादीको भनाइ छ।
एकीकृत समाजवादीले प्रत्यक्षतर्फ प्रतिनिधि सभामा १० सिट जितेको छ।