उदयपुर क्षेत्र नम्बर १ मा रोकिएको मतगणना कार्य पुन: सुरू गरिएको छ।
आज बिहानदेखि मतगणना पुन: सुरू गरिएको हो।
प्रदेश सभा क्षेत्र (ख) को मतपत्र प्रतिनिधि सभाको बाकसमा फेला परेपछि यहाँ विवाद भएको थियो।
प्रदेश सभाका १०० मतपत्र बदर गर्ने समझदारीपछि मतगणना पुन: सुरू गरिएको हो।
अहिलेसम्म नेपाली कांग्रेसका उम्मेदवार नारायण खड्का अघि देखिएका छन् भने नेकपा एमालेका उम्मेदवार मन्जुकुमारी चौधरीले उनलाई पछ्याइरहेकी छन्।
मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले मतगणना केहीबेरअघि देखि सुरू गरिएको सेतोपाटीलाई बताए। उनकाअनुसार अब १६ मतपेटिकामा रहेका मत गणना गर्न बाँकी छ। करिब साँढे ८ हजार मत गणना गर्न बााकी रहेको उनको भनाइ छ।