सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले निरन्तर अग्रता लिइरहेकी छन्।
यहाँ चौधरीले ३६ हजार १ सय ३६ मत ल्याइसकेकी छन्।
नेपाली कांग्रेसका उम्मेदवार विजय गच्छदार पछि परेका छन्। गच्छदारले ३० हजार ६ सय १ मत ल्याएका छन्।
यहाँ मतगणना जारी छ। ९२ हजार मत खसेकोमा अहिलेसम्म ८१ हजार मत गणना गरिसकिएको छ। करिब ११ हजार मत गणना गर्न बाँकी छ।
निर्वाचन अधिकृत उमाकान्त पौडेलले आज दिउँसो मतगणना सकिने बताए।