धनुषा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले मतान्तर बढाउँदै लगेका छन्।
मिथिला नगरपालिकामा एमालेका सचिव रघुवीर महासेठलाई उछिनेका यादवले हालसम्मको मतगणनामा ९३६ मतले अग्रता लिएका छन्।
यादवले २७ हजार ९ सय ८९ मत ल्याउँदा महासेठले २७ हजार ५३ मत ल्याएका हुन्।
मिथिला नगरपालिकाको ६ वटा वडाको करिब ११ हजार ८ सय मत गन्न अझै बाँकी छ।
बाँकी रहेका २ वटा वडामा कांग्रेस र ४ वटा वडामा एमालेको राम्रो प्रभाव मानिन्छ।