‘टिम सेतोपाटी’ देशभरका विभिन्न निर्वाचन क्षेत्रमा पुगेर त्यहाँबाट निर्वाचन क्षेत्रका विश्लेषण लेखिरहेको छ।
प्रत्यक्ष मतदातालाई भेटेर पर्याप्त कुराकानी र सूचनाका आधारमा हामी विश्लेषण गर्छौं।
हेर्नुहोस्, हाम्रो निर्वाचन विश्लेषण शृंखला
सेतोपाटी निर्वाचन विश्लेषण- २०: हृदयेश त्रिपाठीलाई हराउँदै विनोद चौधरी चुनिने सम्भावना प्रबल

उद्योगपति विनोद चौधरी यसपटक नवलपरासी बर्दघाट सुस्ता पश्चिम क्षेत्र नम्बर १ बाट गठबन्धनका तर्फबाट लड्दै छन्। जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठी पनि यहीँ प्रतिस्पर्धा गर्दै छन्। विस्तृतमा
सेतोपाटी निर्वाचन विश्लेषण- १९: मोटरसाइकल डायरी: राजनीति बुझ्न सुर्खेत, दैलेख र जाजरकोटको यात्रा

कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरबाट १३८ किलोमिटर गुडेपछि जाजरकोटको सदरमुकाम खलंगा पुगिन्छ। चुनावी माहोलका बीच खलंगालाई नै पहिलो गन्तव्य बनाएर वीरेन्द्रनगरबाट हिँडे म। विस्तृतमा
सेतोपाटी निर्वाचन विश्लेषण- १८: मोरङ-३ मा सुनिल शर्माले जित्ने बलियो सम्भावना, भानुभक्त ढकाल धेरै पछाडि

यसपालिको चुनावमा मतदाताले कसलाई मत दिन्छन्, यहाँका मतदाताका चुनावी प्राथमिकता के हुन्? यिनै विषयमा मतदाताको मन बुझ्न र विश्लेषण गर्न सेतोपाटी टिमले यो क्षेत्रका ३१३ जनासँग कुराकानी गरेको छ। विस्तृतमा
सेतोपाटी निर्वाचन विश्लेषण- १७: बलियो एमालेको मत तीनतिर चुहिँदा घनश्याम भुसाललाई राहत

हामीले पछिल्ला केही दिनमा रूपन्देही क्षेत्र नम्बर १ का लगभग सबै गाउँ र टोल घुमेर २ सय ५० मतदातासँग कुरा गरेका छौं। यी मध्ये ७७ मतदाताले (३१ प्रतिशत) घनश्याम भुसाललाई मत दिने बताए भने ७१ जनाले (२८ प्रतिशत) छविलाल विश्वकर्मालाई मत दिने बताए। पढ्नुहोस् विस्तृतमा
सेतोपाटी निर्वाचन विश्लेषण- १६: कास्की-२ मा कांग्रेस मत छरिँदा एमालेकी विद्या भट्टराई अगाडि

कास्कीको एमाले राजनीतिमा भिजेका श्रीनाथलाई नेपाली कांग्रेस, माओवादी केन्द्रसहित सत्तारूढ ५ दलीय गठबन्धनको साथ छ। एमालेकै पूर्व नेता श्रीनाथलाई यत्तिका दलहरूको साथ हुँदाहुँदै पनि विद्या नै उक्त क्षेत्रमा अगाडि देखिएकी छन्। पढ्नुहोस् विस्तृतमा
सेतोपाटी निर्वाचन विश्लेषण- १५: उपेन्द्रलाई हराएर सप्तरी-२ बाट सिके राउत चुनिने सम्भावना प्रबल

यी कुराकानीका आधारमा विश्लेषण गर्दा हामी एउटा निष्कर्षमा पुगेका छौं। सप्तरी-२ बाट २०७४ सालमा चुनिएका उपेन्द्र यादवलाई हराउँदै सिके राउत सांसद चुनिने प्रबल सम्भावना छ। विस्तृतमा पढ्नुहोस्
सेतोपाटी निर्वाचन विश्लेषण- १४: काठमाडौं-२ मा सोबिता र मणिरामबीच कडा प्रतिस्पर्धा, 'रेड जोन'मा ओनसरी

हामीले यो निर्वाचन क्षेत्रका अधिकांश वडा पुग्दा एमालेको उपस्थिति प्रमुख दलहरूमध्ये सबभन्दा बलियो पायौं। त्यसैले एमालेका मणिराम फुयाल यो चुनावमा एउटा मुख्य प्रतिस्पर्धी बन्नेछन्। विस्तृतमा
सेतोपाटी निर्वाचन विश्लेषण- १३: धनुषा ३ मा स्थानीय जुली र बाहिरबाट आएका अनिल, कसले मार्ला बाजी?

हामीले कुरा गरेमध्ये २८ जनाले भने कसलाई मत दिने भनेर निर्णय गरिनसकेको बताए। उनीहरूमध्ये १६ जनाले आफू नेपाली कांग्रेसको समर्थक रहेको बताए भने तीन जनाले जनता समाजवादी पार्टी (जसपा) को र दुई जनाले माओवादी केन्द्रको समर्थक रहेको बताए। सात जनाले भने कुनै पार्टीको नभएको बताए। विस्तृतमा
सेतोपाटी निर्वाचन विश्लेषण- १२: भगवतीले यसपालि लगाउन सक्छिन् गच्छदारको सातौं संसदीय यात्रामा ब्रेक

यसपालिको चुनावमा पनि पुरानै दृश्य दोहोरिएला कि फरक परिणाम आउला, दुई पटक भिडिसकेका उम्मेदवारको तेस्रो चुनावी लडाइँबारे सुनसरी-३ का मतदाता के भन्छन्, उनीहरूका चुनावी प्राथमिकता के रहेछन् भन्ने बुझ्न र विश्लेषण गर्न सेतोपाटी टिमले पछिल्ला दुई दिनमा यो क्षेत्रका २६० जना मतदातासँग कुराकानी गरेको छ। विस्तृतमा
सेतोपाटी निर्वाचन विश्लेषण- ११: गठबन्धनका महिन्द्र यादवलाई भन्दा राजेन्द्र महतोलाई कांग्रेसको मत धेरै!

यसपालि पनि यहाँ मुख्य प्रतिस्पर्धा यिनै दुई नेताबीच हुनेछ। नेकपा एमालेका राजनारायण साह पनि 'रेस' मा छन्, तर उनी अलि पछाडि नै छन्। विस्तृतमा
सेतोपाटी निर्वाचन विश्लेषण- १०: लालबाबुको घट्दो 'क्रेज' ले यसपालि शेखरलाई सजिलो

५ वर्षअघि मतगणनाको अन्तिम क्षणसम्म पनि रोचक बनेको यो निर्वाचन क्षेत्रमा फेरि राष्ट्रिय राजनीतिमा चर्चित यिनै दुई नेताबीच प्रतिस्पर्धा हुँदैछ। विस्तृतमा
सेतोपाटी निर्वाचन विश्लेषण- ९: दाङ-२ मा शंकर र रेखाबीच कडा टक्कर, घन्टीको 'इन्ट्री' ले थप रोचक

तर टक्करका बीचमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार इञ्जिनियर विशाल अधिकारीको 'इन्ट्री' ले यहाँको निर्वाचन थप रोचक बनाएको छ। विस्तृतमा
सेतोपाटी निर्वाचन विश्लेषण- ८: काठमाडौं ६ मा कांग्रेस-एमालेका उम्मेदवारभन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल अगाडि

पाँच वर्षअघि नेपाली कांग्रेस र एमाले-माओवादी गठबन्धनका उम्मेदवारलाई मत दिएका मतदाताको ठूलो हिस्सा यसपालि यी दललाई मत नदिने निष्कर्षमा पुगेको छ। विस्तृतमा
सेतोपाटी निर्वाचन विश्लेषण- ७ : कमल थापा दुईतिरबाट चेपुवामा

पछिल्ला तीन दिनदेखि मकवानपुरका-१ का थुप्रै गाउँ, टोल र वडा पुगेर हामीले २ सय ६२ जना मतदातासँग कुरा गर्दा यहाँ तीन उम्मेदवारबीच कडा टक्कर हुने देखिन्छ। विस्तृतमा
सेतोपाटी निर्वाचन विश्लेषण- ६: धनराज गुरुङ र पद्मा अर्याललाई चुनौती बन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज

स्याङ्जा–२ मा यी अनिर्णीत मतदाताको मन अन्तिममा जसले जित्न सक्छ, उही निर्वाचित हुने निश्चित छ। स्वतन्त्र पार्टीलाई मत दिन तम्सिएका कतिपय मतदाता उत्साही देखिन्छन्। विस्तृतमा

झापा-३ को चुनावी माहौल बुझ्न र त्यसको विश्लेषण गर्न सेतोपाटी टिमले यो क्षेत्रका साढे २ सयभन्दा बढी मतदातासँग कुराकानी गरेको छ। मतदातासँग कुरा गर्न हामी झापा सदरमुकाम रहेको भद्रपुर नगरपालिकाका १ देखि ८ नम्बरसम्मका वडा, बिर्तामोड नगरपालिकाको वडा नम्बर १० र कचनकवल, बाह्रदशी र हल्दीवारी गाउँपालिकाका सबै वडामा पुगेका छौं। हेर्नुहोस् विस्तृतमा

काठमाडौं क्षेत्र नम्बर १ महानगरभित्र मात्र पर्छ। महानगरका चार वडा १०, ११, २९ र ३१ मिलेर बनेको यो निर्वाचन क्षेत्र भौगोलिक हिसाबले पनि सानो छ। यो क्षेत्रको माहौल बुझ्न र मतदातासँग कुरा गर्न हामी काठमाडौंका घना बस्ती भएका त्रिपुरेश्वर, थापाथली, पुतलीसडक, बबरमहल, अनामनगर, बिजुलीबजार, बुद्धनगर, नयाँ बानेश्वर, मीनभवन, शान्तिनगर, भिमसेनगोला र मध्येबानेश्वर पुगेका छौं। पढ्नुहोस् विस्तृतमा
सेतोपाटी निर्वाचन विश्लेषणः ३ - बाँके-२ मा राजा र मन्त्रीबीच 'काँटेका टक्कर'

बाँके-२ को निर्वाचन क्षेत्रको चुनावी माहौल बुझ्न र विश्लेषण गर्न हामीले यो क्षेत्रका साढे २ सय भन्दा बढी मतदातासँग कुरा गरेका छौ। मतदातासाग कुरा गर्न हामी डुडुवा गाउँपालिका र २३ वटा वडा रहेको नेपालगन्ज उपमहानगरपालिकाका १६ र १७ नम्बर वडा बाहेकका सबै वडा पुग्यौं। मतदाताको कुरा सुन्दा नेपालगन्जको चुनावी चेसबोर्डमा यसपालि 'राजा' र 'मन्त्री' बीच 'काँटेका टक्कर' को स्थिति देखिन्छ। पढ्नुहोस् विस्तृतमा
सेतोपाटी निर्वाचन विश्लेषण: २- चितवन-२ मा रवि लामिछाने निर्वाचित हुने सम्भावना प्रबल

यसपालिको संसदीय निर्वाचनमा सबैले धेरै चासोका साथ हेरेको थोरै क्षेत्रमध्ये चितवन-२ पनि हो।
पत्रकारिता छाडेर राजनीतिमा हामफालेका रवि लामिछानेले यहाँबाट संसदीय राजनीतिमा पहिलोपटक आफ्नो भाग्य आजमाउँदै छन्। सेतोपाटी टिमले यहाँका टोल, चोक, पसल, खेत, घर र बारीमा पुगेर यहाँका मतदातासँग कुरा गरेको छ। हामीले चितवन-२ का करिब डेढ दर्जन बस्ती र टोलमा पुगेर २०० मतदातासँग कुरा गरेका छौं। विस्तारमा पढ्नुहोस्।
सेतोपाटी निर्वाचन विश्लेषण: १- एमालेका सुरेन्द्र पाण्डे ‘रेड जोन’ मा, कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीच प्रतिस्पर्धा

हामीले यो निर्वाचन क्षेत्रका तीनवटै नगरपालिका रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र राप्ती नगरपालिकाका करिब दुई दर्जन मुख्य टोल र बस्तीमा पुगेर १५० जना मतदातासँग कुरा गरेका छौं। यी ठाँउमा पुग्दा त्यहाँ चोक, पसल, बाटो, बारी वा खेतमा भेटिएका मतदातासँग हामीले कुरा गरेका हौं। पढ्नुहोस् विस्तृतमा