काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा नाटक बहादुरपुरको दन्त्यकथाको नियमित मञ्चन सुरू भएको छ।
प्रशिद्ध भारतीय नाटककार बादल सरकारद्वारा लिखित बंगाली नाटक ‘बल्लभपुरेर रूपकथा’मा आधारित नेपाली नाटक ‘बहादुरपुरको दन्त्यकथा’ आगामी पुस २७ गतेसम्म सोमबार बाहेक नियमित मञ्चन हुनेछ।
४२१ वर्ष पुरानो भग्नावशेष बन्दै गएको एउटा महललाई पृष्ठभूमि बनाएर प्रस्तुत गरिएको नाटकमा पात्रहरूको संघर्ष, विवशता र सामाजिक यथार्थलाई रोचक ढंगले उजागर गरिएको छ।
परम्परा र आधुनिकता, अधिकार र विद्रोहबीचको द्वन्द्वलाई हास्य, व्यङ्ग्य र रहस्यपूर्ण घटनासँग मिसाएर नाटकले दर्शकलाई मनोरञ्जनसँगै सोच्न बाध्य बनाउँछ। र, बाँधेर राख्छ।
ऋणमा डुबेको राजपरिवारका एक सन्तानले आफ्नो जीर्ण दरबार बेच्नुपरेको परिस्थितिलाई हास्यरसका माध्यमबाट प्रस्तुत गरिएको छ।
रङ्गकर्मी सरस्वती चौधरीको परिकल्पना तथा निर्देशनमा तयार नाटकमा कमलमणि नेपाल, प्रवीण खतिवडा, सरिता गिरीलगायत कलाकारहरूको अभिनय रहेको छ।
नाटकको नेपाली भावानुवाद विजय विस्फोटले गरेका हुन्।
-1766542908.jpg)
-1766542910.jpg)
-1766542908.jpg)
-1766542909.jpg)
-1766542909.jpg)
-1766542909.jpg)
-1766542909.jpg)
-1766542908.jpg)
-1766542908.jpg)
-1766542907.jpg)
-1766542907.jpg)
-1766542906.jpg)
-1766542906.jpg)