काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी नाटकघरमा यतिबेला ‘लस्ट एण्ड फाउन्ड’ नाटकको नियमित मञ्चन भइरहेको छ।
घिमिरे युवराजको लेखन तथा निर्देशनको यो नाटक जेठ १७ गतेसम्म बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुनेछ।
नाटकले पहिचान, नागरिकताविहीनता, मानसिक आघात, र सम्बन्ध खोजी जस्ता संवेदनशील विषयहरूको उठान गरेको छ। यसको केन्द्रमा छिन् भूमि (२५ वर्षीया एक पर्यटक गाइड), जो नागरिकताविहीन छिन् र बहुव्यक्तित्वको समस्या बोकेकी छिन्।
उनी क्यानाडाबाट आएका सागर नामक ४८ वर्षीय क्यानाडाली नेपाली पर्यटकसँग भेट्छिन। भूमिले उनलाई बुद्धका कथा सुनाउँदै लुम्बिनीको यात्रा गराउँछिन्। तर कथाका बीचमा उनीहरूको आफ्नै जीवनका घाउहरू खुल्दै जान्छन्। र अन्ततः यस्ता रहस्यहरू बाहिर आउँछन् जसले उनीहरूको सोच र सम्बन्धलाई नै बेस्सरी हल्लाइदिन्छ।
पवित्रा खड्का (भूमि), सुमित भण्डारी (सागर), सुहाना आचार्य, र गोविन्द ओली लगायत कलाकारहरूको अभिनयले दर्शकलाई गहिरो रूपमा छोइरहन्छ।
नाटकमा देव न्यौपाने र निरज चौधरीको मल्टिमिडिया डिजाइन देख्न सकिन्छ।
‘आजको समाज किन यति अशान्त छ? किन सम्बन्धहरू तुरुन्तै टुट्छन्,’ नाटकका निर्देशकसमेत रहेका घिमिरे युवराज भन्छन्।
उनले यी प्रश्नमार्फत हामी सबैमा रहेको पहिचानको खोज र स्वीकृतिको चाहना झल्काउँछन्।
आजका महत्त्वपूर्ण सामाजिक मुद्दाहरू जस्तै नागरिकता, मानसिक स्वास्थ्य, र पारिवारिक पीडामाथि सोच्न बाध्य बनाउने नाटक ‘लस्ट एण्ड फाउन्ड’ हरेक दिन (मंगलबार बाहेक) साँझ ५ः१५ बजे र शनिबार दिउँसो १ः०० बजे विशेष शो मञ्चन भइरहेको छ।
-1747716965.jpg)
-1747716960.jpg)
-1747716967.jpg)
-1747716967.jpg)
-1747716966.jpg)
-1747716966.jpg)
-1747716965.jpg)
-1747716964.jpg)
-1747716964.jpg)
-1747716962.jpg)
-1747716963.jpg)
-1747716961.jpg)
-1747716961.jpg)
-1747716960.jpg)