मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक 'ढुकढुकी ७२ मेगाहर्ज' को मञ्चन अवधि थपिएको छ।
नाटक मंसिर २३ गतेसम्म नियमित मञ्चन हुने निर्देशक केदार श्रेष्ठले बताए। दर्शकको माया र सद्भावपूर्ण आगमनले मञ्चन मिति थपिएको उनको भनाइ छ।
नाटकको लेखन तथा परिकल्पनाकार निर्देशक केदार नै हुन्।
९० मिनेटको नाटकमा अभिनेत्री मेनुका प्रधान र अभिनेता कार्म शाक्यले अभिनय गरेका छन्। निर्मातामा अभिनेता दयाहाङ राई छन्।
नाटक कात्तिक २४ देखि सुरू भएको थियो।
यसअघि मंसिर १६ गतेसम्म हुने भनिएको नाटकको मञ्चन ७ दिन थपेर २३ गतेसम्म पुर्याइएको हो।