काठमाडौंको थापागाउँस्थित मण्डला नाटक घरमा नाटक 'बाखाम्मा'को नियमित मञ्चन भइरहेको छ।
किरात समुदायको मुन्धुम वर्णित मान्छेको कथामा आधारित रहेर राजन मुकारूङ लिखित नाटक बाखाम्माको गत वैशाख १४ देखि नियमित मञ्चन सुरू भएको हो।
किरात समुदायका मानिसहरूले धेरै सुनेको तर कम ध्यान दिएको मुन्दुमि पात्र ‘बाखाम्मा’ को कथावस्तुमा आधारित नाटक ‘बाखाम्मा’लाई निर्देशक किरण चाम्लिङले मञ्जमा उतारेका हुन्।
नाटकमा किरात समुदायले विवाह कर्म गर्दा आजसम्म विश्वासका साथ चलिरहेको संस्कार, सभ्यता विकासको क्रममा निर्माण गरेको रैथाने संस्कृति, अनुभव, ज्ञान अथवा सांस्कृतिक सौन्दर्यलाई मौलिक दृष्टिबाट हेर्ने उद्देश्यले नाटक मञ्चन गर्न लागेको निर्माण टिमले जनाएको छ।
नाटकमा एलिशा राई, अनिल सुब्बा, बेदना राई, विष्णु मोक्तान, मानहाङ लावती, प्रतिना राई, शायोक मुकारूङ, पुनम लक्ष्मी मगर, ज्वाला राई, रमिला मोक्तान, याङ्साङ मुकारुङ, रमिता राई, सचिन रत्न, साङ्मी सुनुवार, प्रशंसा गुरूङ, शिसम बान्तावा, शुभम चाम्लिङ, रविन दोङ, रोशन लोहोरूङ राई, सबनम राई, सुजना राई, प्रशान्त वाइबा र मानबहादुर राईको अभिनय छ।
नाटक सोमबारबाहेक साताको प्रत्येक दिन बेलुका साढे पाँच बजे मञ्चन हुनेछ। साताको दुई दिन शुक्रबार र शनिबार दिउँसाे एक बजेको अतिरिक्त सो पनि हुनेछ।
नाटकलाई केन्द्र मोसन पिक्चर्सले निर्माण गरेको हो।
-1714367628.jpg)
-1714367634.jpg)
-1714367634.jpg)
-1714367634.jpg)
-1714367633.jpg)
-1714367633.jpg)
-1714367633.jpg)
-1714367633.jpg)
-1714367630.jpg)
-1714367630.jpg)
-1714367630.jpg)
-1714367629.jpg)
-1714367629.jpg)
-1714367627.jpg)
-1714367628.jpg)
-1714367627.jpg)
-1714367627.jpg)
-1714367626.jpg)
-1714367626.jpg)
-1714367625.jpg)
-1714367626.jpg)
-1714367626.jpg)
-1714367625.jpg)
-1714367627.jpg)
-1714367631.jpg)
-1714367631.jpg)
-1714367632.jpg)
-1714367632.jpg)