रंगकर्मी सुलक्षण भारतीको लेखन तथा निर्देशनमा नाटक ‘मोन्टाज’ मञ्चन भइरहेको छ। काठमाडौंको सिनामंगलस्थित पुरानो घरमा नाटक मञ्चन भइरहेको हो।
नाटकमा तीन कथालाई प्रस्तुत गरिएको छ- ‘फस्ट किस’, ‘धोती भर्सेस ब्रा’ र ‘इन्गेजमेन्ट रिंग’। पहिलो कथामा युवा अवस्थाको प्रेम र त्यसको अनुभूति देखाइएको छ। दोस्रो कथामा गाउँ र सहरबीचको फरकपनालाई देखाएको छ। त्यस्तै, तेस्रो कथामा प्रेममा हुने भम्रलाई बुझाउन खोजिएको छ।
मंसिर २२ गतेबाट मञ्चन भएको नाटक पुस १५ गतेसम्म मञ्चन हुनेछ। नाटकमा रोश्नी कार्की, निशा दाहाल, कुन्दन थारू, रितेश कार्की, सनम श्रेष्ठ, श्रवण यादव, शिशिर गिरी, पुजा तामाङ, अनमोल क्षेत्री अधिकारी, अरविन्द कुमार मौर्य, रौनक कार्की, सोनिया लामा, प्रेम सागर सेजुवाल लगायत रंगकर्मीको अभिनय छ। पूजा विश्वकर्मा र राजकमलले नाटकमा संगीत दिएका छन्।
-1703751159.jpg?timestamp=1703751710200)
-1703751159.jpg?timestamp=1703751710200)
-1703751158.jpg?timestamp=1703751710200)
-1703751157.jpg?timestamp=1703751710200)
-1703751157.jpg?timestamp=1703751710200)
-1703751156.jpg?timestamp=1703751710200)
-1703751156.jpg?timestamp=1703751710200)
-1703751155.jpg?timestamp=1703751710200)
-1703751154.jpg?timestamp=1703751710200)
-1703751154.jpg?timestamp=1703751710200)