काठमाडौंको बत्तीसपुतली स्थित शिल्पी नाटक घरमा यतिबेला ब्युँझिएको सिरानी नाटक मन्चन भइरहेको छ।
जेडी तमुको परिकल्पना तथा निर्देशनमा तयार पारिएको यो नाटक यही मंसिर ३० गते सम्म नियमित मञ्चन गरिने छ। यसअघि गत असोज महिनामा मण्डला थिएटरमा नियमित मञ्चन भएको नाटकलाई दर्शकहरूको माग अनुसार फेरी शिल्पीमा नियमित मञ्चन गरिएको हो।
वाइ स्ट्यान्ड डान्स स्कुलको प्रस्तुति र इलाम गुरुङ सोसाइटीको सह-प्रस्तुतिमा रहेको नाटकमा मानसिक स्वास्थ्यको विषयलाई प्रस्तुत गरिएको छ।
नाटकमा रूपेश लामा, वेदना राई, सुरज तमू, मनि के राई, सुजन सेनेहाङ, सृष्टि महर्जन, दिया शाक्य, रेनुका घर्ति मगर, मुस्कान राउत, लुनिभा महर्जन, रामचन्द्र मनेरू, ग्लोरी थापा, सृजना भट्टराईलगायत कलाकारको अभिनय रहेको छ।
तस्बिरहरू:
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)